शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अनलाइन जुवाडे च्याप्पै

मंगलबार, माघ १८ २०७८

काठमाडौँ l अनलाइन जुवा खेलमा संलग्न ७४ जना ब्यक्तिहरु नियन्त्रणमा परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार यही माघ १६ गते राती अन्दाजी सात बजेको समयमा काठमाडौँ महानगरपालिका ६ बौद्धस्थित प्लटिङ नजिक रहेको दोलखा घर भई हाल काठमाडौँको बानेश्वर बस्ने ३० बर्षिय सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेन्टमा कोभिड १९ को महामारी बिद्यमान रहेको बिषम परिस्थितिमा समेत ठूलो संख्यामा मानिसहरु भेला जम्मा भई अनलाइन बिङ्गो खेलमा संलग्न रहेका भनी विशेष सूचनाको प्रहरीलाई आएको थियो ।

सोही सुचनाको आधारमा महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटी गएको प्रहरी टोलीबाट छापामारी ७४ जना ब्यक्तिहरुलाई उक्त खेलमा प्रयोग गरिने सामाग्री, मोबाइल, बिङ्गो खेल्न प्रयोग गरिने कुपन र नगद समेत नियन्त्रणमा परिसरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा ६६ जना पुरुष र आठ जना महिलाहरु समेत गरी ७४ जना रहेका छन् । उनीहरुको साथबाट छ लाख १९ हजार दुई सय ५० रुपैयाँ बरामद भएको छ । घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त बौद्धबाट मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद ५ अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसूर अन्तर्गत थप अनुसन्धान कार्य भई रहेको परिसरको भनाई छ ।