बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सह-वित्तीयकरण कर्जामा राष्ट्र बैंकको कडाई 

सोमबार, माघ १७ २०७८

काठमाडौँ l सह-वित्तीय करण कर्जालाई नेपाल राष्ट्र बैंकले कडाई गरेको छ । वाणिज्य बैंक, विकास बैंक र फाईनाँन्स कम्पनी समेतको नाउँमा आईतबार परिपत्र जारी गर्दे राष्ट्र बैंकले सह-वित्तीकरणमा कडाई गरेको हो ।

यो व्यवस्था अनुसार राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न अनुमती प्राप्त संस्थाहरु र हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले (सम्वन्धीत क्षेत्रमा) मात्र सह-वित्तीयकरणमा भाग लिन पाउने छन्। तर कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई यस बैंकबाट वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (सम्वन्धीत क्षेत्रमा) अगुवा संस्था हुने गरी सह-वित्तीयकरण समुहमा सहभागी भई कर्जा प्रवाह गर्न यो व्यवस्थाले बाधा पुर्याएको मानिने छैन । 

यो निर्देशनको प्रयोजनको लागि अगुवा संस्था भन्नाले सह-वित्तीयकरण समुहले अगुवा संस्था भनि चयन गरेको इजाजतपत्र प्राप्त संस्थालाई सम्झिनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।