शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

१० करोड ४८ लाख रुपैयाँ संस्थागत निक्षेप लगानी गर्दे राष्ट्र बैंक

शनिबार, माघ १५ २०७८

काठमाडौँ l नेपाल राष्ट्र बैंकले १० करोड ४८ लाख रुपैयाँ संस्थागत निक्षेप लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषहरुमा रहेको रकम तीन सय ६५ दिने मुद्धती निक्षेपको रुपमा २०७८ फागुन दुई गतेदेखि २०७९ पागुन एक गतेसम्मको लागि लगानी गर्न लागिएको राष्ट्र बैंक जानकारी दिएको छ । 

लगानी गरिने कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि आठ करोड ३९ लाख, विकास बैंकहरुको लागि एक करोड ५७ लाख र फाईनान्स कम्पनीहरुको लागि ५२ लाख रुपैयाँ रुपैयाँ छुट्याईएको छ । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही माघ १८ गते सम्ममा नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ । 

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।