काठमाडौं। स्थानीय तहको निर्वाचन सार्ने तयारीमा रहेको सत्ता गठबन्धनको आलोचना सुरु भएपछि शुक्रबार मुख्य तीन घटकका नेताको छलफल भएको छ।
निर्वाचन आयोगले स्थानीय तहको चुनाव २२ वैशाखमा गर्नुपर्ने दबाब दिएपछि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा १ घन्टा छलफल भएको हो।
सो क्रममा समयमा नै चुनाव गर्नुपर्ने राय प्रधानमन्त्री देउवाले राखेका थिए। तर, छ महिनाभित्र गर्न सकिने कानुनी प्रावधान रहेका कारण केही पछि पनि गर्न सकिने प्रचण्ड र नेपालको धारणा रहेको थियो।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकपछि फेरि पनि उक्त विषयमा कुराकानी गठबन्धनमा गरिने सहमति बनेको छ।