बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल राष्ट्र बैंकले उठाउन थाल्यो आन्तरिक ऋण, सेयर लगानीकर्ता तनावमा

बुधबार, माघ १२ २०७८

काठमाडौँ । बैंकमा लगानीयोग्य रकमको अभाव चर्किरहेका बेलामा नै फेरी नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन थालेको छ । जसको सिधा असर सेयर बजारमा समेत परेको छ ।

ओमिक्रोन भाइरस फैलिएपछि पुन बजार उकालो लाग्ने आशमा बसेका लगानीकर्ता महामारी उच्च मात्रामा फैलिदा तरलतामा सुधार आउनुको साटो झनै संकट बढेर जान थालेपछि लगानीकर्ता अत्तालिएर सेयर बेच्न थालेका छन् । जसका कारण नै  सोमबार सेयर बजार १ सय अंकले घट्यो ।

बैंकहरुमा लगानीयोग्य रकमको अभाव रहेका बेलामा  राष्ट्र बैंकले पनि आन्तरिक ऋण उठाउदा यसले झनै तरलता अभाव चर्काउने देखिन्छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार अहिले बैक तथा वित्तीय क्षेत्रमा ९ अर्बको हाराहारीमा मात्रै लगानीयोग्य रकम छ । बैंकिङ क्षेत्रले यसरी लगानीयोग्य रकमको अभाव झेलिरहेका बेलामा तिनै बैंक तथा वित्त संस्थाबाट सरकारले पनि आन्तरिक ऋण उठाउने गरि प्रक्रिया अघि बढाएको छ । 

सरकारले यो आर्थिक वर्षमा कुल २ खर्ब ३९ अर्ब बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएकामा गत पुषसम्म ६ अर्ब उठाएको छ । यसबाहेक अबको चैत  सम्ममा सरकारले थप १ खर्ब ऋण उठाउन लागेको छ । जसका लागि सोमबार १० अर्ब बराबरको बिकास ऋणपत्र २०८० जारी गर्ने सुचना जारी गरेको छ । राष्ट्र बैंक भने तरलतामा अभाव नपर्ने गरि ऋणपत्र जारी गर्ने दाबी गर्छ ।

अभावका बेलामा राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा  मौद्रिक उपाय मार्फत तरलता उपलब्ध गराउने बताएपनि ति प्रभावकारी भने हुन सकेका छैनन् । सरकारले खर्च गर्न नसकेपनि भोलिका दिनमा आइपर्ने खर्च टार्नका लागि यस्तो रकम जोहो गरेको हो । ढुकुटिमा भएको रकम खर्च नगर्ने र बजारमा भएको रकम पनि थप उठाउने हो भने लगानी  बिस्तारमा झनै बाधा उत्पन्न हुन सक्नेछ ।

बजारमा ऋण उठाउनै लाग्दा सरकारले बिकास खर्चमा पनि तिब्रता दिने हो भने चाहि यसरी उठाएको ऋणले बजारमा ठूलो प्रभाव पार्ने छैन । तर, ऋण उठाएर ढुकुटिमा थुपारियो भने त्यसले लगानी बिस्तारमा  प्रभाव पार्ने छ ।