बैंकको हरेक वित्तीय परिसुचकहरुले भन्छ, एनआईसी अन्य बैंकहरुको तुलनामा उत्कृष्ट छ, बलियो छ
काठमाडौँ l नेपाली बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरु मध्येमा एनआईसी एशिया बैंक सबैभन्दा अब्बल देखिएको छ । सञ्चालनमा रहेका २७ वटा मध्ये माघ १० गते सोमबारसम्म २६ वटा वाणिज्य बैंकहरुले आफ्नो अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेकाछन । तर ति सबै मध्ये एनआईसी एशिया हरेक कोडबाट उत्कृष्ट र अब्बल देखिएको छ ।
बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत अर्थात ४० अर्ब रुपैयाँले वृद्धि गरी कुल कर्जा रकम दुई खर्ब ७३ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ । यसैगरी निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा आठ प्रतिशत अर्थात २२ अर्ब चार करोड रुपैयाँले वृद्धि गरी कुल निक्षेप संकलन दुई खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ पुर्याउन सफल भएको छ । यसैगरी चालु आवको दोस्रो त्रैमासमा खुद मुनाफातर्फ दुई अर्ब ४० करोड रुपैंयाँ आर्जन गर्न सफल भएको छ । जुन वार्षिक विन्दुगत आधारमा १६ दसमलव ५७ प्रतिशतको बढी हो । यो सफलता भनेको एनआईसी एशिया बैंकले मात्र हाँसिल गरेको हो, अन्य बैंकहरुमा यस्तो सफल देखिएको छैन । यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २१ दसमलव ७७ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको देखिएको छ । साथै, बैंकले वार्षिक प्रति शेयर आम्दानी ४१ रुपैयाँ ४३ पैसा आर्जन गर्न सफल भएको छ, जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान गरिएको छ । कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई दोस्रो त्रैमाससम्ममा शुन्य दसमलव ४७ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ । निष्कृय कर्जालाई यो बिन्दु राख्नु भनेको उत्कृष्ट व्यवस्थापकीय क्षमताको नमुना हो, जुन अरु बैकमा देखिएको छैन ।
यसैगरी बैकले चालु आवको दोस्रो त्रैमाससम्ममा पाँच लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दे ३३ लाख भन्दा बढी खाताहरू मार्फत ग्राहकहरू माझ सेवा प्रदान गर्दे आइरहेको छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ । बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक आ.व. २०७८–०७९ को प्रथम त्रैमासमा वासलातको आकार, कर्जा, निक्षेप, सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था पछिको), खुद नाफा, स्व–पूँजीमा प्रतिफल, प्रति शेयर आम्दानी, शाखा कार्यालय, एटिएम र ग्राहक संख्यामा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (प्रति शेयर आम्दानी र ग्राहक संख्यामा निजी बैंकहरूमा पहिलो) ओगट्न सफल भएको थियो ।
बैंकले मुलुकभर रहेका तीन सय ५८ वटा शाखा कार्यालयहरू, चार सय ७३ वटा एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बनेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिसत जनतालाई बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दे आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब दुई अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दे आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिसत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्र्रतिशाखा कार्यालयहरू स्थापना गरेको छ । देशको सबै तह र तप्कामा समानरुपमा बित्तीय पहुंच बिस्तार हुुनुपर्छ भन्ने मान्यताका साथ नै बैकले ग्रामिण क्षेत्रमा आफ्नो शाखाहरु बिस्तार गर्दे आएको छ ।