काठमाडौं। नेकपा माओवादी केन्द्रले संघीय, प्रदेश र स्थानीय निर्वाचनबारे सत्ता गठबन्धनको बैठकमा राख्ने अडानको निक्र्यौल गरेको छ।
शनिबार बसेको स्थायी समितिको बैठकले सत्ता गठबन्धनको बैठकमा तीनै तहको निर्वाचन एकै पटक गर्ने अडानका साथ उपस्थित हुने निर्णय भएको छ। प्रवक्ता कृष्णबहादुर महाराले उक्त प्रस्तावसाथ सत्ता सञ्चालन गर्ने संयन्त्रमा उपस्थित हुने बताएका छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै तीनै तहको निर्वाचन एकै पटक अथवा संघीय संसदको चुनावपछि मात्र स्थानीय तहको चुनाव गर्नका लागि प्रस्ताव गरेका थिए।
गठबन्धनमा रहेको प्रमुख घटक नेपाली कांग्रेसमा भने यस विषयमा मत विभाजित छ। नेकपा एकीकृत समाजवादी पार्टी भने माओवादीको प्रस्तावमा सकारात्मक रहेको छ।