काठमाडौँ :- मेगा बैंकले चालु आर्थिक बर्षको पछिल्लो छ महिनामा एक अर्ब ३९ करोड ९९ लाख ९१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकले एक अर्ब ३० करोड ४४ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
चुक्ता पुंजी १६ अर्ब १२ करोड चार लाख ६१ हजार रुपैयाँ रहेको बैंकले चालु आर्थिक बर्षको पछिल्लो छ महिनामा एक खर्ब ४१ अर्ब १८ करोड ४० लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४३ अर्ब ६० करोड ५५ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा दुई अर्ब ६४ करोड २१ लाख ९१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव शुन्य पाँच प्रतिसत कर्जा निष्क्रिय रहेको छ ।
बैंकले गत आवको सोही अवधिमा भने एक खर्ब ३६ अर्ब ८९ करोड ३५ लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३७ अर्ब ३५ करोड ५४ लाख ३१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ६९ करोड ९८ लाख ३१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव ७१ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।