शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एभरेष्ट बैंकको दोस्रो त्रैमासिक नाफा ८३ करोड ८९ लाख 

शनिबार, माघ ८ २०७८

काठमाडौँ :- एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ८३ करोड ८९ लाख २० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ९६ करोड १९ लाख चार हजार रुपैयाँ रहेको थियो । 

हाल चुक्ता पुंजी नौ अर्ब ४६ करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब ६५ अर्ब २१ करोड ७६ लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४२ अर्ब ६४ करोड ६० लाख ३१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब १२ करोड ६९ लाख ६३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दसमलव २६ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा बितरणयोग्य नाफा ६४ करोड ६१ लाख ११ हजार रुपैयाँ रहेको बैंकको स्प्रेड दर भने दुई दसमलव ७० प्रतिसत रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ६० अर्ब २२ करोठड दुई लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २७ अर्ब ६८ करोड ७२ लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ८९ करोड सात लाख नौ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दसमलव १९ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दसमलव ७० प्रतिशत रहेको थियो ।