काठमाडौँ :- ग्लोवल आईएमई बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधि अर्थात छ महिनामा दुई अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकले दुई अर्ब ३१ करोड ५१ लाख १८ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
चुक्ता पुंजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ रहेको बैंकले चालु आवको पछिल्लो छ महिनामा दुई खर्ब ७१ अर्ब ९० करोड १६ लाख ११ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ५६ अर्ब ४२ करोड ५४ लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा चार अर्ब ७९ करोड ५२ लाख ३७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव १३ प्रतिसत कर्जा निष्क्रिय रहेको छ ।
बैंकले गत आवको सोही अवधिमा भने दुई खर्ब ६८ अर्ब ४३ करोड ३७ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब २८ अर्ब ६५ करोड १४ लाख २७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ७७ करोड १८ लाख ५४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो भने एक दसमलव ७२ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।