काठमाडौँ :- माछापुच्छ्रे बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब एक करोड आठ लाख ३० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ८० करोड २७ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी १० अर्ब ७५ करोड ७१ लाख ५५ हजार रुपैयाँ रहेको बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब ३७ अर्ब ४९ करोड ५६ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३१ अर्ब ९९ करोड सात लाख २६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब २४ करोड ८७ लाख ५५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दसमलव ५७ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा वितरणयोग्य नाफा ६४ करोड ४७ लाख दुई हजार रुपैयाँ रहेको बैंकको स्प्रेड दर भने दुई दसमलव ८७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ३१ अर्ब ६१ करोड ७९ लाख ६४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक खर्ब १३ अर्ब ५७ करोड २० लाख नौ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ९८ करोड ८४ लाख ३१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैैंकमा शुन्य दसमलव ७६ प्रतिसत कर्जा निष्व्रिmय रहेको थियो भने स्प्रेड दर चार दसमलव १९ प्रतिसत रहेको थियो ।