काठमाडौँ :- प्रभु बैंकले चालु आर्थिक बर्षको पछिल्लो छ महिनामा एक अर्ब २६ करोड २० लाख १० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकले एक अर्ब ५१ करोड ८६ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
चुक्ता पुंजी १२ अर्ब ७० करोड ८७ लाख चार हजार रुपैयाँ रहेको प्रभुले चालु आ.व.को पछिल्लो छ महिनामा एक खर्ब ६३ अर्ब ५९ करोड ८७ लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४२ अर्ब ३३ करोड २६ लाख ४८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ८२ करोड ५० लाख दुई हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव २३ प्रतिसत कर्जा निष्क्रिय रहेको छ ।
बैंकले गत आ.व.को सोही अवधिमा भने एक खर्ब ६४ अर्ब ८५ करोड पाँच लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब ११ करोड ७७ लाख ७४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ६९ करोड ६० लाख २५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दसमलव शुन्य छ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो थियो ।