काठमाडौं। आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी सरकारले मिति घोषणा गर्ने भएको छ। नियमित रुपमा विहीबार बस्ने मन्त्रिपरिषदको बैठकले मितिको निक्र्यौल गर्नेछ।
यसअघि निर्वाचन आयोगले माघको पहिलो सातासम्म मिति घोषणा गरिसक्नुपर्ने राय दिएको थियो। निर्वाचन हुनु १२० दिन अगावै मिति घोषणा हुनुपर्छ।
राष्ट्रिय सभा निर्वाचन, स्थानीय तहको निर्वाचन मितिलगायतका विषयमा सत्ता गठबन्धनको ५ दलीय समन्वय समितिको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको छ।
बैठक यीनै एजेन्डालगायत कोरोना महामारीको नियन्त्रण, खोपको पहुँचका विषयमा पनि केन्द्रित भएको बताइएको छ।