काठमाडौँ l भोलि सोमबार नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
माघ चार गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन भने बिक्री गरिने कुल ट्रेजरी ९१ दिने अवधिको रहेको छ । यो ट्रेजरीको परिपक्व हुने अवधि भने २०७९ बैशाख छ गते तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरी पुरानो नविकरण अन्र्तगतको रहेको छ । यसअघि पुस २६ गते पनि राष्ट्र बैंकले १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको जानकारी दिएको छ ।