शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

धादिङमा बाटो खन्दै गरेका तीन जना डोजरसहित बेपत्ता

बिहिबार, पुष २९ २०७८

काठमाडौं । धादिङको रुबी भ्याली गाउँपालिकामा बाटो खन्ने क्रममा पहाड खस्दा तीन जना बेपत्ता भएका छन् । बाटो खनिरहेका बेला पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।

डोजर चालक, सहचालक र एकजना उपभोक्ता समितिका मान्छे पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । उनीहरु रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्दै थिए । बेपत्ताको खोजी भइरहेको छ ।

घटनास्थल दुर्गममा पर्छ । सेर्तुङ प्रहरी चौकीबाट पहिरो गएको ठाँउ पुग्न हिडेर ४ घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले बताए ।