बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सैनिक प्रवक्ताको जिम्मेवारी सिलवाललाई

बिहिबार, पुष २९ २०७८

काठमाडौँ l नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिलवालले पाएका छन् ।

प्रधान कार्यालयको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा सरुवा भएका सिलवाललाई सेनाको प्रवक्तामा नियुक्त गरिएको हो । 

यस्तै यसअघि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका सन्तोषबल्लभ पौडेललाई पनि सरुवा गरिएको छ । उनलाई शान्ति सेना महानिर्देशनालयमा महानिर्देशको जिम्मेवारीसहित सरुवा गरिएको हो ।