काठमाडौँ l नेपाली सेनामा ठुलो संख्यामा प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल)को सरुवा भएको छ l सैनिक मुख्यालयले २५ पुसदेखि लागू हुनेगरी १६ जना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल)को सरुवा गरेको हो l
सैनिक स्रोतले ३ घुम्तीलाई दिएको जानकारी अनुसार सुशील प्याकुरेलको नं. ५ बाहिनी अड्डामा, नकुल थापाको राष्ट्रपतिको सचिवालयमा, अरुण श्रेष्ठको उपत्यका पृतना तालिम शिक्षालयमा, विमल केसीको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय, अनिल महतको राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय, वासुशरण खड्काको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सरुवा गरिएको छ ।
त्यसैगरी प्रमुख सेनानीहरु वीरेन्द्र मल्ल ठकुरीको नं. १ वाहिनी अड्डा, भीमसेन अधिकारीको नं. १५ बाहिनी अड्डा, डम्बर बहादुर बोहराको मध्य पृतना तालिम शिक्षालय, झविन्द्र बहादुर रेश्मी मगरको सैनिक तालिम महानिेर्दशनालय, वासुदेव धिमालको रक्षा समन्वय कार्यालयमा सरुवा भएको छ ।
त्यसैगरी उत्तम सापकोटाको नेपाली सैनिक ब्याटल स्कुल, मीनराज तिवारीको सैनिक सचिव विभागमा, महेश्वर कार्कीको पश्चिम कमाण्ड हेडक्वार्टर, दिनेश गौतमको सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा, ज्योति कुमारी थापाको सैनिक सामग्री प्राप्ति निर्देशनालयमा सरुवा गरिएको सेनाले जनाएको छ ।