बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वर्षेनी २० भन्दा बढि गैंडा किन मर्दैछन् ?

मंगलबार, पुष २७ २०७८

काठमाडौं । नेपालमा वर्षेनी २० भन्दा बढि गैंडा मर्ने गरेको तथ्यांक सार्वजनिक भएका छन् ।  पछिल्लो साढे १३ वर्षको अवधिमा २८९ वटा गैँडा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

मरेका गैँडामध्ये चोरी शिकारीका कारण पनि धेरै छन् । पछिल्लो समय चोरी शिकारीका कारण गैँडा मर्नुले निकुञ्जको सुरक्षा व्यवस्थामा  प्रश्न उठ्न थालेको छ ।

यद्यपी निकुञ्ज प्रशासनले भने सुरक्षामा कुनै कसर बाँकी नरहेको बताउदै आएको छ । प्रशासनका अनुसार केही गैँडा जुधेर तथा केही गैँडा बाढी र बाघको आक्रमणबाट पनि मरेका छन् । 

चितवन राष्ट्रिय निकुञ्जका सू्चना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले विसं २०६५ असारदेखि अहिलेसम्म निकुञ्ज र वरिपरिका क्षेत्रमा २८९ वटा मरेका तथ्यांक पेश गरेका हुन् ।

उनका अनुसार आर्थिक वर्ष २०७५ र ७६ मा सबैभन्दा बढी गैँडा मरेका छन् । त्यो वर्ष मरेका ४३ गैँडामध्ये १३ वटा पोथी, ९ वटा भाले तथा बाँकी गैँडाको लिङ्ग पहिचान गर्न सकिएको थिएन ।

 निकुञ्ज सुरक्षाका लागि नेपाली सेनाको टोलीलाई निकुञ्जभित्रका विभिन्न ५८ स्थानमा राखिएको छ ।