शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

राष्ट्र बैंकद्धारा सुरक्षा सर्तकता सहित वित्तीय कारोवार सञ्चालन गर्न निर्देशन 

मंगलबार, पुष २७ २०७८

काठमाडौँ l नेपाल राष्ट्र बैंकले सुरक्षा सर्तकता सहित वित्तीय कारोवार सञ्चालन गर्न निर्देशन दिएको छ । आज सोमबार सार्वजनिक सुचना जारी गर्दे कोभिड १९ को विश्व महामहारीबाट बचेर आवस्यक स्वास्थ सर्तकर्ता सहित वित्तीय कारोवार सञ्चाल गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

निर्देशन अनुसार नेपाल सरकार तथा विश्व स्वास्थ संगठनको स्वास्थ सुरक्षा सम्वन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्क रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्युनीकरण गर्न आवस्यक उपायहरु अवलम्वन गर्न र सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दुरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाद्धारा सञ्चालित एटिएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्युनीकरण गर्न ढोका खुल्ला राखी स्यानीटाईजर लगायतका सामाग्रीहरुको व्यवस्था गर्ने पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यसैगरी बैंक तथा बित्तीय संस्थारुबाट सञ्चालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौत्तिक दुरी सुनिश्चित गर्ने वा यस्ता कार्यक्रमहरु सकभर भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउनु पर्ने छ ।