शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

लिभिङ्ग टुगेदरमा रहेका एक युगलजोडी काठमाडौंको कोठामा मृत भेटिए

शुक्रबार, पुष २३ २०७८

काठमाण्डौ । काठमाण्डौको कपनमा एउटै कोठामा बस्दै आएक एक युगल जोडी  मृत  भेटिएका छन् । उनीहरु लिभिङ्ग टुगेदरमा बस्दै आएको आशंका गरिएको छ ।

कपनको शिवजी चोक नजिक डेरा गरी बस्ने युनिसा  राई कोठामा मृत भेटिएकी थिइन् भने उनीसँगै बस्दै आएका युवक  अमिश जिमि घाइते अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । राईको मृत्यु धारिलो हतियार प्रहारबाट भएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार कोठामा चिच्याएको आवाज आएपछि फोडेर हेर्दा राई मृत अवस्थामा र जिमि घाइते अवस्थामा फेला परेका हुन् । घाइते जिमिको उपचारका क्रममा मृत्यु भएको  महाशाखाले जनाएको छ ।

उनीहरुको शरीरमा धारिलो हतियारको चोट देखिएको छ । कोठमा रक्सीका बोतल समेत भेटिएको थियो ।  घटनाबारे थप अनुसन्धान भैरहेको महाशाखाले जनाएको छ ।