काठमाडौं । बेलायतमा कोभिड संक्रमणका दर बढ्दै जादा अस्पताल व्यवस्थापनमा समस्या भएको छ । अस्पतालमा कर्मचारी अभाव हुदा सरकारले सहयोगका लागि आर्मड फोर्सलाई खटाएको छ ।
एनएचएसको चिकित्सकलाई सहयोग गर्न सेनाका ४० जना डाक्टर परिचालन गरिएको छ । त्यस्तै प्रशासकीय सहयोगका लागि अन्य १ सय ६० जनालाई खटाइएको आर्मड फोर्स मन्त्रालयले जनाएको छ ।
लन्डनमा कोविड संक्रमणको बृद्धिले गर्दा कर्मचारी अभावसँग संघर्ष गरिरहेका अस्पतालहरूलाई सहयोग गर्नु परेको मन्त्रालयको भनाई छ । उनीहरुले विरामीको हेरचाहमा मद्दत गर्ने छन् ।
आर्मड फोर्स मिनिस्टर जेम्स हेप्पेले लण्डनसँगै बेलायतका अन्य क्षेत्रमा सहयोग गर्दै जाने बताएका छन् ।