काठमाडौं । कैलालीमा ट्र्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–९ धनचौरीस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ट्र्याक्टरले गएराति ठक्कर दिँदा पैदलयात्री कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका ४० वर्षीय करन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।