बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

छुटे सुन तस्करी गोरेका भाई

शुक्रबार, पुष २३ २०७८

काठमाडौँ । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती दुई लाख रुपैयाँमा छुटेका छन् ।

उनलाई जिल्ला अदालत मोरङले दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

सुन तस्करी प्रकरणका मुख्य आरोपी चुणमणि उप्रेती गोरेका भाइलाई आज बिहीबार थुनछेक बहसपछि न्यायाधीश भरत लम्सालको इजलासले उप्रेतीलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

२०७४ साल फागुन १९ गते मोरङ उर्लाबारीका सनम शाक्यको हत्या अनुसन्धान गर्ने क्रममा साढे ३३ किलो सुन तस्करीको विषय बाहिर आएको थियो ।