काठमाडौँ l नेकपा माओवादी केन्द्रको महाधिवेशनपछिको पहिलो केन्द्रीय कार्यसमिति बैठकले अध्यक्षमा फेरि पुष्पकमल दाहाललाई सर्वसम्मत गरेको छ भने अन्य पदाधिकारीमा अन्योलता कायमै छ l
माओवादीमा अध्यक्ष पश्चातको शक्तिसाली पदको रुमा रहेको महासचिव हुन सबैभन्दा धेरै जोडबल स्थायी समिति सदस्य एवम् अर्थमन्त्री जनार्दन शर्मा र अर्का स्थायी समिति सदस्य वर्षमान पुनको छ।
पहिलो केन्द्रीय कमिटी बैठक सकिन साथ बाहिरिँदै गर्दा अध्यक्ष प्रचण्डले नेता वर्षमान पुन र ओनसरी घर्ती आउन लागेको र उनीहरु आएपछि मात्रै पदाधिकारीकोक टुंगो लगाउने भनेर केही संकेत गरी सकेको अवस्था छ l यता पुनले सहमति भएको अवस्थामा पार्टीका जनुसुकै नेतालाई छोड्न तयार रहेको तर निर्वाचन हुने अवस्थामा आफू सामेल हुने बताइरहेका छन् ।
चीनबाट प्रचण्डलाई यही सन्देश पठाएका पुनले नेताहरु शक्तिबहादुर बस्नेत, कृष्णबहादुर महरा, देव गुरुङलगायतका नेताहरुलाई सहमतिका लागि महासचिव छोड्न तयार रहेको तर जनार्दन शर्माका लागि भने छोड्न नसक्ने बताइरहेका छन् ।
पार्टीमा शर्मा र पुन दुवैले आफ्नो पकड बलियो बनाउँदै लगेकाले चर्को प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिस्पर्धाको अवस्था आए देशैभर शर्माभन्दा पुनको पकड बलियो छ।
अध्यक्ष प्रचण्डले भने दुवै नेतालाई उत्तिकै महत्वका साथ जिम्मेवारी दिने गरेका छन्। उनीहरूले समान रूपमा संगठन र राजकीय जिम्मेवारी पाउँदै आएका छन्। यसअघि पुनलाई उर्जामन्त्रीको जिम्मेवारी दिइएको थियो। शर्मालाई अहिले अर्थमन्त्रीको जिम्मेवारी दिएर सरकारमा पठाइएको छ।