बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ललिता निवासको जग्गा ब्यक्तिको नाममा लाने शोभाकान्त ढकाल बिरुद्ध राजस्व अनुसन्धानको मुद्दा

बुधबार, पुष २१ २०७८

काठमाडौँ । ललिता निवासको सरकारी जग्गा ब्यक्तिका नाममा  सार्ने मूख्य अभियुक्त शोभाकान्त ढकालसहित ५ जनालाई राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटमा मुद्दा दायर गरेको छ ।

विभागले एक अर्ब २० करोड ४९ लाख १७ हजार ८ सय २४ रुपैयाँ बराबरको रकम राज्यलाई ठगिएको अनुमान गर्दै बिगो कायम गरेको छ। साथै सोहि बमोजिमको जरिवाना समेत तोकेको छ ।

 विभागले मुअकतर्फ ४२ करोड २६ लाख सात हजार ३५१, आयकरतर्फ ६८ करोड ४८ लाख २६ हजार ९७, लाभांशतर्फ ९ करोड ७४ लाख ८४ हजार ३ सय ७६  कर छलि भएको आकलन गरेको छ  ।

राजस्व छलि गरि राज्यलाई क्षति पुराएको भन्दै विभागले ढकालसहित सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर ढकालविरुद्ध मुद्दा दायर गरेको हो । राजेश्वर लेखापरीक्षण गर्ने फर्म ‘राजेश्वर एण्ड कम्पनी’का प्रोपाइटर हुन् ।

आनसान इन्टरनेशनल प्रालिमार्फत झुट्टा मूल्य अभिवृद्धि कर, झुटा वित्तीय विवरण र अन्य विवरण तयार पारी राजस्व चुहावट गरेको अभियोगमा मंगलबार मुद्दा दायर भएको हो।

विभागले बिगो बराबरको शतप्रतिशत जरिवाना पनि माग गरेको छ। कूल दुई अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रुपैयाँ दाबी गरिएको छ । श्रेष्ठको हकमा भने मतियारका रुपमा आधा सजाय माग गरिएको छ।

राजस्व चुहावट गर्ने मनसायले जालसाजी यूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विवरण, बित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी कारोबार नै नभएको देखाई अर्थात् कारोबार शुन्य देखाई प्रचलित आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको अभियोगपत्रमा उल्लेख छ।