शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कांग्रेसका बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सर्यो, महोत्तरीमा भोक हड्ताल

बुधबार, पुष २१ २०७८

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सारेको छ ।

यही पुस २७ गते जिल्ला अधिवेशन गर्ने भने पनि आज बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले माघ १५ गतेका लागि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

क्रियाशील सदस्यता विवादका कारण सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरसहित १६ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन हुन सकेको थिएन ।

देशभरका अन्य जिल्लामा भने अधिवेशन भइ पार्टीको १४औँ महाधिवेशन समेत भइसकेको छ ।

नेपाली काँग्रेस महोत्तरीले  पुस २७ गते  निर्धारण गरेको जिल्ला अधिवेशन अस्वीकार गर्दै आजदेखि भोक हडताल थालेको छ । महोत्तरीको क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी जिल्ला अधिवेशनको मिति निर्धारण गरेको भन्दै महोत्तरी काँग्रेसले आपत्ति जनाउँदै आजदेखि भोक हडताल थालेको हो  ।