बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेस जिल्ला अधिवेशन रोक्न माग गर्दै महोत्तरीमा भोक हड्ताल

बुधबार, पुष २१ २०७८

काठमाडौं । नेपाली काँग्रेस महोत्तरीले  पुस २७ गते  निर्धारण गरेको जिल्ला अधिवेशन अस्वीकार गर्दै आजदेखि भोक हडताल थालेको छ ।

महोत्तरीको क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी जिल्ला अधिवेशनको मिति निर्धारण गरेको भन्दै महोत्तरी काँग्रेसले आपत्ति जनाउँदै आजदेखि भोक हडताल थालेको हो  ।

महोत्तरी काँग्रेसले  केन्द्रलाई हिजो ध्यानाकर्षण पत्रसमेत पठाएको जनाएको छ । महोत्तरी काँग्रेसका कार्यवाहक अध्यक्ष शम्भु नारायण पाठकले सो पत्रमा क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिनेहरूलाई पाखा लगाइ जिल्ला अधिवेशनको मिति तोक्नु षडयन्त्रपूर्ण र सुनियोजित भएको उल्लेख गरेका छन्  ।

पाठकले विवादित ठाउँहरूको समस्या नटुङ्गाएसम्म  भोक हडताल जारी राख्ने बताएका छन्  ।  क्षेत्रीय अधिवेशन सकेपछि मात्रै जिल्ला अधिवेशनको मिति निर्धारण गर्नु पर्ने उनीहरुको माग छ ।