काठमाडौं । नेकपा माओवादी केन्द्रले अन्तिम समयमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। सत्ता गठबन्धनको सहमति अनुसार माओवादी केन्द्रले राष्ट्रिय सभामा पाएको पाँच सिटमा मनोनयन गर्ने दिन नै आफ्नो तर्फबाट उम्मेद्वार चयन गरेको हो ।
हिजो बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो। सोही अनुसार दाहालले आज उम्मेदवारको टुंगो लगाएका हुन्।
माओवादी केन्द्रले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर र भुवनबहादुर सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपांग र अल्पसंख्यक) तथा सुदूरपश्चिममा जगत पार्की दलित लाई उम्मेदवार चयन गरेको हो ।