बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

खेलकुद क्षेत्रमा पनि सक्रिय हुँदैछ शिव सेना नेपाल

सोमबार, पुष १९ २०७८

काठमाडौं। राजसंस्था र हिन्दू राज्यको अभियानमा रहेको शिव सेना नेपालले खेलकुद क्षेत्रमा पनि सक्रियता देखाएको छ। खेल क्षेत्रको उन्नयनका निम्ति विभिन्न कार्यक्रम सुरु गरेको शिव सेनाको ललितपुर जिल्ला समितिले अनमोल कुलुङ राई स्मृति बास्केटबल प्रतियोगिता सुरु गरेको छ।

आइतबारदेखि सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन शिव सेनाका अध्यक्ष अनिल बस्नेत बाबाले गरेका हुन्।

बास्केटबल बिजेता समूहका लागि नगद १ लाखको पुरस्कार राशी राखिएको छ। दोस्रो हुनेलाई ५० हजार र उत्कृष्ट खेलाडीका लागि १० हजार नगद राखिएको आयोजक समितिले जनाएको छ।

उद्घाटन समारोहमा शिव सेना नेपालका केन्द्रीय सदस्यहरु कुमार घिमिरे, गोपाल श्रेष्ठ, राजेन्द्र सेढाई, अमृत लामा, प्रोमादनाथ श्रेष्ठ, गुडी शर्मा, राजेश तामाङ, सुजता श्रेष्ठ,अनिल जयसवाललगायतको उपस्थिति थियो।

कार्यक्रममा ललितपुर जिल्ला अध्यक्ष रवीन्द्र अवाले, काठमाडौं जिल्ला अध्यक्ष मदन कृष्ण महर्जन, भक्तपुर जिल्ला अध्यक्षेलगायत शिव सैनिकहरुको उपस्थिति थियो।

खेल क्षेत्रमा पनि शिव सेना नेपालको उपस्थिति उन्नयन र विकासका निम्ति रहेको अध्यक्ष बस्नेतले बताए। उनले यस प्रतियोगितालाई सफल बनाउनका लागि शुभकामना पनि दिएका थिए।