शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

माओवादी केन्द्रमा प्रचण्डका ‘प्रतिपक्षी’

शुक्रबार, पुष १६ २०७८

काठमाडौं। नेकपा माओवादी केन्द्रले आठौं महाधिवेशन राजधानीमा जारी राखेको छ। वैचारिक विषयमा लामो बहसपछि शुक्रबार नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्ने बताइएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निर्विरोध अध्यक्ष हुनेछन् भने अन्य पदमा प्रतिस्पर्धा हुने अनुमान लगाइएको छ। प्रचण्ड निर्विकल्प र प्रतिपक्षीविहीन नेताका रुपमा स्थापित गराउन खोजिए पनि वैचारिक बहसमा भने उनीविरोधी अर्का नेताको उदय भएको छ।

प्रचण्डले पेस गरेको प्रतिवेदनलाई ताली पड्काउने प्रवित्तिविरुद्ध पूर्वविद्यार्थी नेता लेखनाथ न्यौपानेले १० बुँदे लिखित चुनौतिसहितको फरक मत राखेका छन्। यसले माओवादीभित्र प्रचण्डको वैचारिक लाइन क्लियर नरहेको स्पष्ट भएको देखाउँछ।

तर कतिपयले भने अबको नेतृत्वसहित विचार पनि प्रचण्डपथका आधारमा नै तय हुनेगरी महाधिवेशन समापन हुने बताउँछन्। प्रतिनिधि रहेका पूर्वविद्यार्थी उपाध्यक्ष मदन चुडाल भन्छन्,‘अबको विचार प्रचण्डको नै हुनेछ। एउटा विचारको जगमा माओवादी केन्द्र अगाडि आउँछन्। फरक मत भनेको प्रक्रिया मात्र हो।’

प्रायः अन्य नेताले पनि प्रचण्डको विचारधारामा फरक मत राखेका छैनन्।