बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भलिवल खेलाडीलाई जनही ५ लाख रुपैयाँको पुरस्कार

बिहिबार, पुष १५ २०७८

काठमाडौं । सरकारले  राष्ट्रिय महिला भलिवल टोलीका सदस्यलाई जनही पाँच लाख रुपैयाँका दरले पुरस्कार दिने भएको छ । 

आज  बसेको मन्त्रिपरिषद्को बैठकले एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेकोमा खुसी व्यक्त गर्दै  विजेता नेपाली टोलीका १२ जना खेलाडीलाई पाँच पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो । त्यस्तै बैठकले प्रशिक्षकलाई तीन लाख र अफिसियललाई पनि दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । खेलाडीलाई नगद दिन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले गरेको प्रस्तावलाई मन्त्रीपरिषद्ले अनुमोदन गरेको हो । 

बङ्गलादेशको ढाकामा हिजो भएको फाइनलमा नेपाली महिला टोलीले उज्वेकिस्तानलाई तीन–दुईको सेटमा हराउँदै उपाधि जितेको थियो । उपाधि विजेता नेपाली टोली भोलि  नेपाल फर्कनेछ ।