शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

इच्छाराज तामाङलाई थुनामा पठाउन अदालतको आदेश, बाँकी ९ जना भने धरौटीमा रिहा

बिहिबार, पुष १५ २०७८

काठमाडौं ।  सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत काठमाडौंले तामाङ सहित केशवलाल श्रेष्ठ​लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

आज सकिएको थुन छेक बहसपछि अन्य ९ जनालाई भने धरौटीमा छाडिएको छ । तामाङसहित ४२ जनालाई प्रतिवादी बनाउँदै सरकारी वकिलको कार्यालयले संगठित ठगीमा अदालतमा मुद्दा दर्ता गरेको थियो ।

तामाङले निक्षेपकर्ताहरुलाई आकर्षक ब्याज दिन्छौ, उपहार दिन्छौँ भनी निक्षेप लिएको र समयमा फिर्ता गर्न नसकेको अभियोगपत्रमा उल्लेख छ । सहकारीले भने बमोजिम नगरी झुक्याई बेईमानी नियतपूर्वक, जाहेरवाला गणेश प्रसाद खड्का समेत १ हजार ५०३ जनालाई हानी नोक्सानी पुर्याएको उल्लेख छ ।

सिभिल सहकारीको रकम अपचलन गरेको तथा निक्षेपकर्ताको रकम फिर्ता नगरेको भन्दै परेको उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले लामो अनुसन्धान गरी जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराध कसुरमा मुद्दा दायर गरेको थियो ।