काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी बन्दसत्रमा आज ११ वटा समूहले सुझाव पेश गरेका छन् ।
११ वटा समूहको सुझाव पेश भएसँगै आजको बन्द सत्र सकिएको छ ।
बाँकी १४ वटा समूहले भोलि आफ्नो सुझाव प्रस्तुत गर्ने छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बन्दसत्रमा प्रस्तुत गरेको ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदनमाथि विभिन्न २५ वटा समूहले सामूहिक छलफल गरिरहेका छन् ।
भोलिको बन्दसत्र बिहान ११ बजेबाट शुरू हुनेछ ।
समूहगत छलफलमा राजनीतिक दस्तावेजमाथि उठेका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल र विधान मस्यौदाबारे देव गुरुङले थप स्पष्ट पार्नेछन्। समूहगत छलफलबाट प्राप्त सुझावलाई समेत समेटेर प्रतिवेदन र विधान पारित भएपछि मात्रै नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।
यो सँगै माओवादीको महाधिवेशन तोकिएको समय भन्दा पर धेकेलिने भएको छ ।