बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

कोरोनाबाट आज दुई जनाको मृत्यु २ सय भन्दा बढीमा संक्रमण

बुधबार, पुष १४ २०७८

 

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभरबाट २ सय २० जना कोरोना संक्रमित थपिएका छन् । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय ८ जनाको  परीक्षण गर्दा २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।  योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९० पुगेको छ ।

त्यस्तै आज २ सय ५३ जना कोरोनाबाट मुक्त पनि भएका छन् । 
नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ८६४ रहेको छ ।