काठमाडौं । एसीसी अण्डर १९ एसिया कप क्रिकेटमा नेपाल कुवेतसँग एक विकेटले पराजित भएको छ । नेपालले कुवेतलाई जितका लागि दुई सय ४० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
कुवेतले ९ विकेट गुमाएर सात बल बाँकी छँदै लक्ष्य पूरा गर्यो । यसअघि, यूएईको दुबईमा रहेको आईसीसी एकेडेमीमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४२ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर दुई सय ३९ रन बनाएको थियो । कुवेतसँगको हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
यसअघिका खेलमा नेपाल बङ्गलादेश र श्रीलङ्कासँग पनि पराजित भएको थियो । आजको खेलमा विजयी भए पनि आज जिते पनि, कुवेत पनि प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न असफल भयो ।
नेपाल रहेको समूह ‘बी’ बाट बङ्गलादेश र श्रीलङ्का सेमिफाइनलमा प्रवेश गरेका छन् ।
समूह ‘ए’ बाट पाकिस्तान र भारत सेमिफाइनलमा प्रवेश गरेका छन् भने अफगानिस्तान र यूएई बाहिरिएका छन् ।