शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

किन पेश गरे कार्कीले प्रचण्डको प्रस्तावमाथि पुरक प्रतिवेदन

मंगलबार, पुष १३ २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले महाधिवेशनमा पूरक प्रस्ताव पेस गरेका छन् । अध्यक्ष प्रचण्डले पेस गरेको दस्तावेज  अस्पष्ट भएको र केहि विषय छुटेको भन्दै कार्कीले पूरक प्रस्ताव पेस गर्नु परेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेको भोलिपल्ट कार्कीले पुरक प्रस्ताव पेश गरेका हुन् । कार्कीको प्रस्तावमा अन्तर्राष्ट्रिय परिस्थिति, घरेलु परिस्थिति, आगामी कार्यभार, गणतन्त्र, संघीयता, समावेशी प्रजातन्त्र, उन्नत गर्नैपर्ने सैद्धान्तिक प्रश्न, तत्काल गर्नुपर्ने काम र धारणाका पक्षमा थप आधार लगायतका विषयहरू समेटिएका छन् ।

प्रस्तावमा कार्कीले अन्र्तराष्ट्रिय स्तरमा आफ्नो अस्तित्व जोगाउन चिनियाँ प्रयास प्रशंसनीय भएको उल्लेख गर्दै नेपाल पनि सोही मोडलमा जानुपर्ने उल्लेख छ ।

यस्तै कार्कीले  चीनलाई घेर्ने अमेरिकाको रणनीतिलाई नेपालले गम्भिर रुपमा बुझ्नु पर्ने बताएका छन् ।  अमेरिकाले भारतसँग  गठबन्धन गरिरहेको भन्दै शीत युद्धको सङ्घारमा नेपालले बुद्धिमतापूर्वक दीर्घकालीन नीतिहरू अख्तियार गर्न नसकेमा भविष्य भयावह हुने चेतावनी दिएका छन् । 

नेकपा माओवादी केन्द्रको महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड को राजनीतिक प्रतिवेदनमाथि अहिले विभिन्न २५ वटा समूह बनाएर छलफल भइरहेका छन् ।