बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

उज्वेकिस्तानलाई पराजित गर्दै नेपाली महिला भलिवल टिमद्वारा उपाधि कब्जा

मंगलबार, पुष १३ २०७८

काठमाडौं । नेपाली महिला टोलीले एभीसी सेन्ट्रल जोन भलिबलको च्याम्पियन बनेको छ ।   आज उज्वेकिस्तानलाई तीन–दुईको सेटमा हराउँदै नेपालले उपाधि जितेको हो ।

बंगलादेशको ढाकामा भएको खेलमा नेपालले पहिलो सेट २५ – २४ ले जितेको थियो ।

दोस्रो सेटमा उज्वेकिस्तान २५- २४ ले विजयी भयो । तेस्रो सेट नेपालले २५ – १५ ले जित्यो । चौंथो सेट उज्वेकिस्तानले २५- २२ ले जित्दै खेल २- २ को अवस्थामा पुर्यायो ।

त्यसपछि पाँचौं सेटमा नेपालले १५-१० ले आफ्नो बनाउँदै उपाधि कब्जा गरेको हो  फाइनल जितेसँगै नेपाल अपराजित रहदै च्याम्पियन बनेको हो ।

पुरुषतर्फ नेपालले तेस्रो स्थानका लागि आजै उज्वेकिस्तानसँग खेल्दै छ ।