बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माओवादीमा अध्यक्षसहित १५ पदाधिकारीको प्रस्ताव, ६ उपाध्यक्ष

आइतबार, पुष ११ २०७८

काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौ राष्ट्रिय महाधिवेशनमा अध्यक्षसहित १५ पदाधिकारीको प्रस्ताव गरिने भएको छ। महाधिवेशन हलमा उक्त प्रस्तावमा संशोधन हुन सक्ने समेत बताइएको छ।

स्थायी समितिको बैठकले अध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्षको प्रस्ताव गरेको छ। महाधिवेशनमा उक्त प्रस्ताव परेपछि छलफलका आधारमा संशोधन समेत हुन सक्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

६ उपाध्यक्ष भने क्लस्टरअनुसार नै निर्धारण गरिने माओवादीको तयारी रहेको छ। माओवादी अध्यक्षमा अन्यको दाबी नरहेका कारण पुष्पकमल दाहाल प्रचण्ड निर्विकल्प रहनेछन् भने उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षमा चुनाव हुने लगभग निश्चित भएको छ।

आइतबार उद्घाटन हुन लागेको महाधिवेशन सोमबार, मंगलबारसम्म चल्नेछ। चुनावी प्रक्रियामा गए यो केही दिन लम्बिन सक्ने बताइएको छ।