सञ्चालनमा रहेका २७ वटा बाँणिज्य बैंकहरु मध्येमा एनआईसी एशिया बैंक सबै कुरामा पहिलो देखिएको छ । चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अपरिष्कृत बित्तीय बिवरण अनुसार वासलातको आकार, कर्जा, निक्षेप, सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था पछिको), खुद मुनाफा स्व पुंजी प्रतिफल, प्रति शेयर आम्दानी शाखा कार्यालय, एटिएम र ग्राहक संख्या समेतको आधारमा एनआईसी बाँणिज्य बैंकहरु मध्येमा पहिलो स्थानमा पर्न सफल भएको हो ।
बैंकले चालु आर्थिक बर्षको पहिलो त्रयमाससम्ममा व्यवसायतर्फको कर्जामा वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत अर्थात ७४ अर्बले वृद्धि गरी कुल कर्जा रकम दुई खर्ब ७७ अर्ब ८५ करोड रुपैयाँ पु¥याउन सफल भएको छ । साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा २६ दसमलव ९९ प्रतिशत अर्थात ६५ अर्ब २९ करोड रुपैयाँले वृद्धि गरी कुल निक्षेप संकलन तीन खर्ब ११ अर्ब ४५ करोड रुपैयाँ पु¥याउन बैंक सफल भएको छ । बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ एक अर्ब १८ करोड रुपैयाँ आर्जन गर्न सफल भएकोे छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल पनि २१ दसमलव ३९ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी ३९ रुपैयाँ ६५ पैसा आर्जन गर्न बैंक सफल भएको छ, जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरू मध्ये सबैभन्दा बढी हो । कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई पहिलो त्रयमाससम्ममा शुन्य दसमलव ४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।
सबै सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ २४ वर्ष अघि शुरु भएको बैंकको अनवरत यात्राको फलस्वरुप आज हामी देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक भएका छौं, बैकले बिज्ञप्ती मार्फत भनेको छ । साथै, माथि उल्लेखित अधिकांश प्रमुख वित्तीय एवं गैर वित्तीय परिसूचकहरूमा देशकै सर्वोत्कृष्ट बैंक बन्न हामी सफल भएका छौं । यस दौरानमा हामीलाई सदैब साथ दिई तथा हामी प्रति अगाध स्नेह एवं भरोसा दर्शाइ आ–आफ्नो स्थानबाट अतुलनीय योगदान गरी सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बनाइदिनुहुने हाम्रा समस्त आदरणीय ग्राहकवर्ग, नियमनकारी निकायहरू, शेयरधनीहरू, कर्मचारीहरू लगायत हजुर सबै सरोकारवालाहरू प्रति अत्यन्त अनुग्रहीत रहँदै हजुरहरू सबैमा सादर नमन गर्दछौं, बैंकले भनेको छ । नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारका छौं त्यसको सम्पूर्ण श्रेय स्वभाविक रुपमा यहाँहरूलाई नै जान्छ । साथै, भविष्यमा अझ उन्नतस्तरको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न र सबैले गर्व गर्न सक्ने स्तरको सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै सबैको पहिलो रोजाइको बैंक बन्न मन, वचन र कर्मले सदा सर्वदा लागि पर्ने संकल्प पनि बैंकले गरेको छ ।
यस्ता छन, एनआईसी एशिया बैंक एक नम्वर हुुनुको प्रमुख १० कारणहरु
क्र.सं. विवरण रकम / प्रतिशत बैंकको र्याङक
१ वासलातको आकार रू. ३७४.५३ अर्ब पहिलो
२ कर्जा रू. २७७.८५ अर्ब पहिलो
३ निक्षेप रू. ३११.४५ अर्ब पहिलो
४ सञ्चालन मुनाफा
(कर्जा नोक्सानी व्यवस्था पछिको) रू. १.६८ अर्ब पहिलो
५ खुद नाफा रू. १.१८ अर्ब पहिलो
६ स्वँ–पूजीमा प्रतिफल २१.३९ प्रतिशत पहिलो
७ प्रति शेयर आम्दानी रू. ३९.६५ पहिलो
(निजी क्षेत्रको बैंकहरूमा)
८ शाखा कार्यालय ३५६ पहिलो
९ एटिएम ४७३ पहिलो
१० ग्राहक संख्या २८ लाख २७ हजार पहिलो
(निजी क्षेत्रको बैंकहरूमा)
(श्रोत एनआईसी एशिया बैंक)