बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नबिल बैंक र खल्ती डिजिटलबिच सम्झौता

शुक्रबार, पुष ९ २०७८

काठमाडौँ l नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) सेवा प्रयोग गरी आफ्नो खल्ती वालेट लोड गर्न सक्नेछन । त्यसै गरी नबिल बैंकका ग्राहकहरूले अब खल्तीको प्लेटफर्ममा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानीहरू गर्न सक्ने बैंकले जनाएको छ । 

खल्ती, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी जस्ता ६० हजार भन्दा बढी सेवाहरुको डिजिटल भुक्तानीको सेवा प्रदान गर्दै आएको जनाएको छ । 

बैंकले आÏना ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा पु¥याउन खल्तीस“ग सहकार्य गर्न पाउ“दा खुशी व्यक्त गरेको छ । साथै आÏनो डिजिटल सेवामा खल्तीको डिजिटल भुक्तानी सेवा थप गरेस“गै बैंक आÏना ग्राहकहरूलाई विस्तारित सेवाका निम्ति उच्च डिजिटल सेवा प्रदान गर्न तयार समेत भएको बैंकले जानकारी दिएको छ ।