काठमाडौँ l लक्ष्मी बैंक लिमिटेडको २१ औं ंवार्षिक साधारण सभा सम्पन्न भएको छ । बैकले बिहिबार काठमाडौमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभाले बैंकको चुक्ता पूँजीको आठ प्रतिशत बोनस शेयर र तीन दसमलव पााँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड पुगेको छ ।
सभालेआर्थिक वर्ष २०७७-७८ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । बैकले आ.व. २०७७-७८ मा एक खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संंकलन गरी एक खर्ब आठ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा बैंकको वासलातको आका एक खर्ब ५२ अर्ब रहेको छ । सो आ.व.मा बैंकले एक अर्ब ५७ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।