काठमाडौँ l बैंक तथा फाईनान्स कम्पनीहरुले एटिएम काउन्टर लगायतका सबै बिवरण नेपाल राष्ट्र बैंकमा पठाउनु पर्ने भएको छ । राष्ट्र बैंकले आज बिहिबार सबै किसिमका बैंक तथा बित्तीय संस्था, भुक्तानी सेवा प्रदायक कम्पनी र नेपाल क्लियरिङ हाउस समेतको नाउँमा परिपत्र जारी गर्दे यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकका अनुसार यो निर्देशन पश्चात अब देखि बैंक तथा बित्तीय संस्थाहरुले शाखा रहित बैंकिङ केन्द्र र एटिएम मेसिन रहेको स्थानको बिवरण आवस्यकता अनुसार सञ्चालन भएको सात दिन भित्र राष्ट्र बैंकमा पठाउनु पर्ने छ भने शाखारहित बैंकिङ केन्द्रमा रहेका ग्राहक तथा बिद्युतीय कार्डको बिवरण र इ बैंकिङ कारोवार सम्वन्धी बिवरण मासिकरुपमा अर्को महिनााको सात गते भित्र पठाईसक्नु पर्ने छ ।
भुक्तानी सेवा प्रदायकको हकमा पनि भुक्तानी सेवा प्रदायकको कारोवार सम्वन्धी बिवरण, भुक्तानी सेवा प्रदायकको सफल र असफल कारोवार सम्वन्धी बिवरण, सेटलमेन्ट बैंकमा रहेको खाताको हिसाव मिलान बिवरण र भुक्तानी सेवा प्रदायकको ग्राहक सम्वन्धी बिवरण पनि मासिकरुपमा अर्को महिनाको सात गते भित्र बुझाउनु पर्ने परिपत्रमा उल्लेख छ ।
भुक्तानी प्रणाली सञ्चालकको हकमा पनि भुक्तानी प्रणाली सञ्चालकको कारोवार सम्वन्धी बिवरण र सफल र असफल कारोवार सम्वन्धी बिवरण मासिकरुपमा अर्को महिनाको सात गते भित्र राष्ट्र बैंकमा बुझाउनुपर्ने छ ।
यसैगरी भुक्तानी सेवा प्रदायकको हकमा पनि भुक्तानी सेवा प्रदायकको एजेन्ट सम्वन्धी कारोवारको बिवरण मासिकरुपमा अर्को महिनाको सात गते भित्र राष्ट्र बैंकका बुझाईसक्नु पर्छे छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा बित्तीय संस्था भुक्तानी सेवा प्रदायकको हकमा पनि क्रेडिट कार्ड र प्रिपेड कार्डबाट भएको नगद कारोवार सम्वन्धी बिवरण मासिकरुपमा अर्को महिनाको सात गते भित्र बुझाउनु पर्ने छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेडको हकमा पनि क्लियरिङ हाउसबाट भएका कारोावारका बिवरण मासिकरुपमा अर्को महिनाको सात गते भित्र अनिवार्यरुपमा राष्ट्र बैकमा बुझाउनुपर्ने छ ।