काठमाडौं l ललितपुरको ललितपुर महानगरपालिका–२८ हरिसिद्धि डेरा गरी बस्ने बागमती गाउँपालिका–४ घर भएका ५६ वर्षीय सन्त बहादुर स्याङताङ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ कामद टोलस्थित बाटो छेउमा मलंगवा नगरपालिका–९ बस्ने ७० वर्षीय देवकी मलिक मंगलबार मृत अवस्थामा फेला परेका छन् । धनुषा, जनकपुर उपमहानगरपालिका–१४ पिडारीचोकस्थित रंगिला मिट हाउस एण्ड लजमा बसेका भारत सितामढी बिसनपुर मेथौरा बस्ने ३५ वर्षीय सुबोध कुमार मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
डडेलधुराको अजयमेरु गाउँपालिका–६ गुवाडी बस्ने ५३ वर्षीय हरि प्रसाद पन्त सोही गाउँपालिका अथरथामस्थित भीरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । अजयमेरु गाउँपालिका सेलजलामा सोमबार काम गर्न गएकोमा घर फर्कि नआएपछि खोजी गर्नेक्रममा उक्त भीरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।
नवलपरासी (पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने धार्मिक वनभित्र हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ मलेखुस्थित सृजन खाजा घरको पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।