शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अवैध लागूऔषध गाँजा सहित पक्राउ

बिहिबार, पुष ८ २०७८

तनहुँ l बन्दीपुर गाउँपालिका–२ बन्दिपुर बसपार्कबाट सोही गाउँपालिका–६ धरमपानी बस्ने २७ वर्षीय राम गुरुङ लगायत ३ जनालाई करिब २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

धरमपानीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.२ ज ३९९१ नम्बरको जिपलाई ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा जिपमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।