बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलबाट तालिम समापन

बिहिबार, पुष ८ २०७८

काठमाडौँ l राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा सिनियर अधिकृतहरुको लागि संचालित सि.सं. ३ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) सम्पन्न भएको छ ।  

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा पौष ५ गते आयोजित एक समारोहको वीच सो तालिमको समापन गरेका हुुन । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गरे । 

Capture.PNG

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले संगठनलाई प्राप्त विभिन्न म्याण्डेडहरु मध्ये सीमा सुरक्षा एक महत्वपूर्ण म्याण्डेड भएको उल्लेख गर्दे आगामी दिनहरुमा यस किसिमको तालिमलाई अझ प्रभाबकारी ढंगले अगाडी बढाउदै लैजाने बताए । उनले राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तीका लागि संगठनमा आवद्ध राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले आ–आफ्नो जिम्मेवारी सक्षम रुपमा ईमान्दारीतापूर्वक निर्वाह गर्नुपर्ने उल्लेख गरे । 

Capture.PNG

उनले प्रशिक्षार्थीहरुले तालिमको दौरानमा आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा परिचालित हुँदा भरपूर उपयोग गरी आफुभन्दा पछिल्लो पिडीलाई समेत सिकाउँदै निःस्वार्थ भएर जिम्मेवारी निर्वाहमा कृयाशिल रहन निर्देशन दिए ।