काठमाडौं l मुगु, सोरु गाउँपालिका–४ लिब्रो बस्ने ३० वर्षीय खडक बहादुर शाही र २५ वर्षीय लोकजन शाहीको घरबाट २ थान एकनाले भरुवा बन्दुक सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी सोरबर्माबाट खटिएको प्रहरीले तलासी गर्नेक्रममा उनीहरूले आ–आफ्नो घरमा अवैध रुपमा राखेको १/१ थान बन्दुकहरू फेला पारी बरामद गरेको हो ।
झापाको मेचीनगर नगरपालिका–१३ हातेमालो सामुदायिक बनबाट १ थान भरुवा बन्दुक र १ थान खुकुरी सोमबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी चारआलिबाट खटिएको प्रहरीले उक्त हातहतियार बरामद गरेको हो ।
हाल फरार रहेका व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।