शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

गैंडाको खाग सहित छ जना पक्राउ

बिहिबार, पुष ८ २०७८

काठमाडौँ l संरक्षित वन्यजन्तु गैंडाको खाग जस्तो देखिने १ किलो १० ग्राम तौल भएको वस्तु सहित ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काभ्रे बेदान गाउँपालिका–४ बस्ने ४१ वर्षीय वीरमान तमाङ, काभ्रे पाँचखाल नगरपालिका–६ बस्ने ४२ वर्षीय बेद बहादुर दनुवार, पाँचखाल नगरपालिका–३ घर भई सोही नगरपालिका–४ बस्ने ३१ वर्षीय सोहन कार्की, पाँचखाल बस्ने २० वर्षीय नवराज गिरी, काठमाडौं बौद्ध बस्ने सिन्धुली घर भएका ४१ वर्षीय भिम बहुर थिङ, भक्तपुर तेजबिनायक गठ्ठाघर बस्ने काभ्रे खानिखोला गाउँपालिका–५ घर भएका ३२ वर्षीय भिम तमाङ रहेका छन् । 

गैंडाको खाग अवैध रुपमा बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं बौद्धबाट उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो । 

उनीहरूलाई थप अनुसन्धानका लागि सोमबार डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।