काठमाडौँ l लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम सम्पन्न गरेको छ ।
कम्पनीले यही पुस तीन गतेदेखि ५ गतेसम्म बीमा क्षति मुल्याकनकर्ता सम्बन्धी तालिम सम्पन्न गरेको हो ।
उदयपुरको गाइघाटमा सम्पन्न भएको तालिममा कम्पनीका सहायक महाप्रबन्धक नबराज तिमिल्सिना र बीमा समितिकी सहायक निर्देशक सुनिता थापाले प्रशिक्षण दिएका थिए ।
उक्त तालिममा १० जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।