बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

घरमा लुकाई राखेको पल्सर मोटरसाईकल सहित दुई जना पक्राउ

बिहिबार, पुष ८ २०७८

काठमाडौँ l काठमाडौंको लामबगरबाट चोरीको मोटरसाइकल सहित दुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।

सादा पोसाकमा खटिएको टोलीले लामबगरबाट घरको पार्किङमा लुकाई राखेको अवस्थामा प्रदेश ३–०२–०११ प ८०७३ नम्बरको कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा धादिङ खनियाबास गा.पा.३ घर भई गैरीगाउँ लामाबगर बस्ने १९ बर्षिय पारस तामाङ्ग र धादिङ नेत्रावती डब्जोङ गा.पा.१ घर भई लामबगर बस्दै आएका २२ बर्षिय बुद्धि बहादुर तामाङ्गलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।

पक्राउ भएको उक्त मोटरसाइकल मनमैजु घर कम्पाउण्डबाट यहिमंसिरमा हराएको भनी काठमाडौं तारकेश्वर नगरपालिका–८, मनमैजु बस्ने सुजिन्द्र लामाले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए ।

मोटरसाईकल सहित पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धान तथा चोरी मुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी बृत्त बालाजुमा पठाइएको छ ।