काठमाडौँ l सिभिल बैंकले पाँच दसमलव २६ प्रतिसत लाभांस बितरण गर्ने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितीको तीन सय ६७ औं बैठकले गत आर्थिक बर्षको मुनाफा मध्येबाट बैंकको हाल कायम रहेको चुक्ता पुंजी आठ अर्ब ६४ करोड २६ लाख ६० हजार आठ सय ४७ रुपैैयाँ मध्येबाट उक्त अनुपातमा लाभांस बितरण गर्ने घोषणा गरेको जानकारी बैंकले दिएको छ ।
बैंकका अनुसार घोषित लाभांस मध्येमा पाँच प्रतिसत अर्थात ४३ करोड २१ लाख ८३ हजार ४२ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि शुन्य दसमलव २६ प्रतिसत अर्थात दुई करोड २७ लाख ४६ हजार चार सय ७५ रुपैयाँ बराबरको नगद लाभांस रहेको छ ।
लाभांस बितरण सम्वन्धी उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।